धनगढी, २१ फागुन/ बैतडी सुर्नया ४ घर भएका पारस महरा उर्फ जम्परले १४ औँ राष्ट्रपति रनिङ सिल्डमा सुदुरपश्चिम स्तरीय हाइजम्पमा बैतडीलाई स्वर्ण पदक दिलाएका छन्। १३ औँ रनिङ सिल्डमा स्वर्ण पदक दिलाएका महराले यसपटक पनि स्वर्ण पदक दिलाउन सफल भएका छन् ।
सुदूरपश्चिमबाट गत वर्ष १३ औँ रनिङ सिल्डमा राष्ट्रिय स्तरमा पुगेका पारस यस वर्ष पनि सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा हाइजम्प खेल्ने भएका छन्। गत बर्ष मेरो सिकाइ भएको र यस वर्ष सुदुरपश्चिमलाई पदक दिलाउन मेरो अथक प्रयास रहने महराले बताए ।
१४ औँ राष्ट्रपति रनिङ सिल्डमा बैतडीबाट ३ खेलमा छनोट भएका पारस सुदुरपश्चिमबाट हाइजम्पमा छनोट भएका छन् । एक सम्भावना बोकेका खेलाडीका रुपमा परिचित उनि भलिबल ,क्रिकेटमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्ने गर्दछन।
आफुले जिल्ला स्तर, प्रदेश स्तरमा दुई दुई पटक स्वर्ण पदक दिलाइ रहँदा समेत स्थानीय सरकारले कुनै सहयोग, सम्मान नगरेकोमा उनको असन्तुष्टि रहेको छ ।