लवदेव धामी
धनगढी, १९ फागुन / धनगढी ५ हसनपुरमा रहेको शितल एकेडेमीले शिवरात्रीको अवसरमा नव आगन्तुक विद्यार्थीलाई २५ प्रतिशत छुटमा भर्ना गर्ने भएको हो । विगत ८ वर्ष देखि धनगढीमा अंग्रेजी भाषाको पठनपाठन गर्दै आएको एकेडेमीले यस वर्षबाट कम्प्युटर कक्षा पनि सञ्चालनमा ल्याएको छ।

शितल एकेडेमीमा पढाई हुने अंग्रेजी भाषा वा कम्प्युटर कक्षा जुनसुकैमा भर्ना भए पनि २५ प्रतिशत छुट गरिने एकेडेमीका सञ्चालक कुबेर निशानीले बताए।
अंग्रेजी भाषा सिकाउनका अतिरिक्त अंग्रेजीमा भाषण कला र स्टेज कार्यक्रमहरु अंग्रेजीमा सञ्चालन गर्न समेत सिकाइने सञ्चालक निशानीले बताए।
साथै कम्प्युटरमा डिप्लोमा गर्ने विद्यार्थीका लागि बेसिक कम्प्युटर कोर्स निशुल्क रहेको समेत एकेडेमीका सञ्चालक निशानीले बताएका छन्।