कैलाली , १६ फागुन / कैलालीमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । बिहीवार जिल्लाको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले चौधरीले ती नाबालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।