धनगढी, १५ फागुन / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पिसाब गर्नेलाई जरिवाना गरिएको छ । आइतबार निकुञ्जभित्र पिसाब गरेको भन्दै साउद थरका एकसहित २ जनालाई जरिवाना गरिएको हो ।
निकुञ्ज कार्यालयले उनीहरुबाट ५ सयका दरले एक हजार जरिवाना असुल गरेको थियो । निकुञ्ज हाता भित्र जथाभावी शौच गर्न निशेध गरिएको छ ।