धनगढी, १५ फागुन / कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव फेला परेको बताए ।
उनकाअनुसार आइतबार घरबाट निस्किएका बिष्ट सम्पर्कविहीन थिए । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी डाँगीले उनीसँगै रहेका दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनीहरुसँग सोधपुछ भइरहेपनि बाँकी कुरा खुलेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।