धनगढी, १५ फागुन / मालिकार्जुन दार्चुला सेवा समितिले वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ। १९ गते विहान ८ बजे देखि आफ्नो कार्यालय आगडि रहेको प्राङ्गणमा रक्त दान महोत्सव गर्ने जानकारी दिएको छ।
‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ मालिकार्जुन सेवा समितिले ७ औँ पटक रक्तदान कार्यक्रम गरिरहेको सेवा समितिका संयोजक जनक सिंहले बताए। रक्तदान मनुष्यको जीवनको सबैभन्दा सर्वोत्कृष्ट पुण्य कमाईने दान भएकाले सबैलाई सहभागीताका लागि समेत संयोजक सिंहले अनुरोध गरेका छन्।
मालिकार्जुन सेवा समितिले विभिन्न समयमा कार्यक्रम गर्दै आएको छ।