धनगढी, १२ फागुन/सधै जन्मउत्सव, बैवाहिक बर्षगाठ मनाउन सहयोग लिने दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले शनिबार फरक दृष्य देखिनन् । हरेक दिन जसो कोही न कोही दृष्टी फाउण्डेसनमा सहयोग गर्ने हेतुले जन्मदिन त्यही मनाएर आफ्नो क्षमता अनुसार सहयोग गरेर जाने गर्दछन् ।
दृष्टी फाउण्डेसन असाहय महिलालाई आश्रय दिएको सामाजिक संस्था हो । आजभोली शैलि परिवर्तन गराएर परोपकारी काम गर्ने ट्रेण्ड बनाएकी दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टको शनिबार जन्मदिन । उनको जन्मदिनको अबसरमा असायह महिलाको अभिभावक बनेको भन्दै तरुण दलका युवाहरुले भट्टकै जन्मदिन मनाउदै फाउण्डेसनमा खाद्य सामग्री सहयोग गरेर मनाएका छन् । तरुण दल धनगढी नगर समितिले खाद्य सामग्री बोकेर भट्टको जन्मदिन मनाईदिएका छन् ।
आफ्नो जन्मदिन मनाउदै केही सहयोग गरेर जाने आज मेरै जन्मदिन मनाएर खाद्यान्न सहयोग गरेकोमा खुशी हुदै अध्यक्ष भट्टले तरुण दललाई धन्यवाद समेत दिएकी छन् ।
तरुण दलको खाद्यान्न सहयोग
तरुण दल धनगढी नगर समितिले दृष्टी फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टको जन्मदिनको अबसरमा खाद्यान्न सहयोग गरेका छन् ।
नगर अध्यक्ष अध्यक्ष खगेन्द्र सिहका अनुसार चामल, दाल, तरकारी र चाउचाउ सहयोग गरेको बताएका छन् । तरुण दल कैलाली अध्यक्ष निराजन खड्का, धनगढी नगर अध्यक्ष खगेन्द्र सिह, सचिव जनक खड्का र नविन रावल सहितका तरुण युवाहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।