ललितपुर १० फागुन/ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु भन्दै माग गर्दै एक हजार ६३ महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले महासिमित बैठकको संयुक्त छलफलका क्रममा पदाधिकारीसहितको उपस्थितिमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका हुन् ।
उनले करिब ५० प्रतिशत महासमिति सदस्यहरुले हिन्दु राष्ट्रको पक्षमा देखिएको उल्लेख गर्दै हालसम्म एक हजार ६३ महासमिति सदस्यहरुले हस्ताक्षर गरेको हिन्दु राष्ट्र घोषणा अभियानका संयोजकसमेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसको प्रतिवेदन र महासमितिको बन्दसत्रमा केही सीमित महासमिति सदस्यबाहेकले हिन्दु राष्ट्रको पक्षमा कुनै धारणा व्यक्त गरेका छैनन् ।