धनगढी, ८ फागुन / कञ्चनपुरको एक उखुबारीमा आगलागी भएको छ । मंगलवार बेलौरी नगरपालिका–५ बन्तरियाका चन्द्रलाल चौधरीको २७ कट्ठा जमिनमा लगाइएको उखुमा आगलागी भएको हो ।
आगलागीबाट अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।