धनगढी, ८ फागुन / धनगढी उपमहानगरपालीका ३ बिशालनगरको कोविदा इन्टरनेशनल एकेडेमीले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । इन्टरनेशनल एकेडेमीले आइतबार आफ्नो ३४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
प्रीन्सिपल पुष्कर राज पाण्डेय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको सभापतित्वमा भएको बार्षिकोत्सव तथा अभिभावक दिवसको धनगढी ३ का (कार्यवाहक अध्यक्ष) वडा सदस्य मिना सिङ प्रमुख अतिथी रहेकी थिइन् । यस्तै विशिस्ट अतिथीमा त्रीबिक्रम अधिकारी, गुणाकर पनेरु र अम्बिका प्रसाद आचार्य लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रम सञ्चालन निशा पौडेल, रचना बैलकोटी र नबिन खड्काले गरेका थिए । कार्यक्रममा बर्षभरी उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिनुका साथै सम्मान र पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बिद्यार्थी, अभिभावक, विद्यालयका शिक्षकहरू विद्यालयका प्रशासनिक कर्मचारी÷मिडिया हाउसका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।