धनगढी,५ फागुन / कैलालीको टीकापुरमा लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र टीकापुर–१ दुर्गानगरका २० वर्षीय सागर चौधरी पक्राउ परेका हुन् ।
उनीहरुलाई १ ग्राम ५९० मिलिग्रा लागुऔषध (खैरो हिरोइन) सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशाकमा गएको टोलीले पक्राउ गरेको हो । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।