धनगढी,४ फागुन / धनगढीमा रहेको सुदुरपश्मिाञ्चल क्याम्पसमा एसपिए टेच फेस्टको आयोजना गरिएको छ । सुदुरपश्मिाञ्चल क्याम्पसका होटेल म्यानेजमेन्ट ११ र १२ मा अध्यनरत विद्यार्थीहरुद्वारा एसपिए टेच फेस्टको आयोजना गरिएको हो ।

आफुले सिकेको कुराहरु प्रयोगात्मक रुपमा गरेर देखाउदाँ अझै धेरै कुरा सिक्न सकिने एसपिएमा होटेल म्यानेजमेन्ट ११ अध्यनरत विद्यार्थी अनुजा चौधरी बताईन् । सिकेर काम गर्न पाउदाँ खुसि लागेको उनले बताईन् । पढेको कुरा आफूमा लागु गर्न सजिलो हुने चौधरीले बताईन् । पढेर भन्दा प्रयोगात्मक रुपमा गर्दा काम गर्दा सजिलो भईरहेको एसपिएमा होटेल म्यानेजमेन्ट अध्यनरत विद्यार्थी यस नेपालीले बताईन् ।
उनले खुसि हुदैँ भनिन् “पढ्दा भन्दा काम गर्न सजिलो छ, अनुभव पनि हुन्छ, रमाईलो लाग्छ ।” होटेल म्यानेजमेन्टका विद्यार्थीलाई यसरी गर्नु पर्छ भनेर सहयोग मात्र गरिदिएको होटेल म्यानेजमेन्टका प्राध्यापक भिम रानाले बताए । यस्ता कार्यक्रमको आयोजना गरिरहँदा विद्यार्थीले आफ्नो क्षमता निखार्ने अवसर पाउने रानाले बताए । होटेल म्यानेजमेन्टका विद्यार्थीले बजारमा राम्रो प्रतिस्पर्धा गर्न सक्ने उनले बताए । उक्त टेच फेस्टमा चौधरीका समुदायका सास्कृँतिक परिकार,पानी पुरी,चाउमिन, मःम,पकौडा ,चियाका स्टल राखिएका छन् ।
उक्त फेस्ट अन्तर्गत क्याम्पसमा ६ ओटा स्टल प्रदर्शनी र साङ्गितिक लगायतका विभिन्न कार्यक्रम गरिएका आयोजना गरिएका छन् ।