रामेछाप,४ फागुन / रामेछापमा सडकबाट टिप्पर खस्दा चालकको मृत्यु भएको छ। मन्थली नगरपालिका –६ सेलेघाट सिल्लीबजारमा टिप्परबाट खसेर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुनकोसी मरिन डाइभर्सनको बा २ क ४५०७ नम्बरको टिप्पर काम गर्ने सिलसिलामा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको हो।
टिप्पर दुर्घटनामा पर्दा महोत्तरी बर्दिबास नगरपालिका –४ गौरीडाँडा बस्ने ५० वर्षीय जयबहादुर माझीको मृत्यु भएको हो।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।