बैतडी, ३ फागुन / बैतडीका विपन्न नागरिकलाई कपडा बैंकले न्यानो लुगा वितरण गरेको छ । जिल्लाको मेलौली नगरपालिका–६ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकहरुलाई शाहीलेकमा रहेको कपडा बैंकले न्यानो लुगा वितरण गरेको हो ।
मेलौली नगरपालिका–६ का २५ जनालाई न्यानो लुगा, ६ जनालाइ कम्बल, ८ जनालाइ स्विटर, टोपी, सल, ज्याकेट र ट्राउजर सहयोग गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले जानकारी दिए । एकसरो लुगा समेत किन्ने अवस्था नभएका नागरिकहको लागि कपडा बैंकले सहयोग गरिरहेको उनले बताए।
कपडा बैंकले न्यानो लुगा दिएपछि विपन्न नागरिहरु खुसि भएका छन् । माघ १ गतेदेखि सञ्चालनमा आएको कपडा बैंकले आर्थीक अवस्था कमजोर भएका व्यक्तिहरुलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिरहेको छ। हुनेले दिएर सहयोग गरौं, नहुने लगेर सहभागिता जनाऔं भन्ने नारासहित कपडा बैंकमार्फत लुगा वितरण गर्ने कार्य भइरहेको संयोजक भट्टले बताए ।