बझाङ, २ फागुन / बझाङका एक जना लागु औंषध सहित पक्राउ परेका छन् । जिल्ला बित्थडचिर गाउँपालिका वडा नम्बर ५ का ६४ वर्षीया धोले महर लागु औंषध चरेस सहित बैतडी जिल्लाको शिगास गाउँपालिका वडा नम्बर ९ श्रीभारबर स्थित खोड्पे बझाङ सडक खण्डबाट २ किलो ३९० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने पदार्थ सहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोड, बैतडीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा महरको साथबाट उक्त पदार्थ फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।