धनगढी, १ फागुन / धनगढीको एक घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित खेमराज पनेरुको घरमा भाडामा बस्ने शान्ति रोकायको कोठामा फ्रिजको तार सर्ट भएर आगलागी भएको हो ।
मंगलबार दिउँसो आगलागी हुँदा कोठाभित्र रहेका दराज, टिभी, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान गरी करिब एक लाख ६३ हजार पाँचसय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।