कञ्चनपुर, १ फागुन / कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जना पक्राउ गरिएको छ । जिल्लको भीमदत्त नगरपालिका–१८ का कर्णबहादुर चन्द र वडा नम्बर १६ का दशरथ धानुकलाई सोमवार पक्राउ गरिका हो ।
कञ्चनपुर प्रहरीले उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । यसअघि प्रहरीले भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पनि पक्राउ गरेको थियो । उनीहरूविरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्दा दर्ता गरेको छ ।