धनगढी,२९ माघ / कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँका २० वर्षीय अर्जुन चौधरी भारतमा हराएका छन् । उनी स्थानीय समिर चौधरीसंग कामको सिलसिलामा भारतको रत्तनागिरी गएका थिए ।
उनी गत कार्तिक देखि भारतमा बेपत्ता रहेका उनकी आमा रामकुमारी चौधरीले बताईन् । उनले भनिन्” भारतको रत्तनागिरी माछा मार्ने काम छ भनेर समिर चौधरीले मेरो छोरा लगेर गयो, अहिले फोन गर्दा पनी उठाउदैंन्,उठाएपनि गाली गर्छ । “उनलाई कसैले देखे ९८२१६५६७३६ र ९७४८८९८६१७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।