कञ्चनपुर, २७ माघ / कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट पत्रकार पुस्कर भट्टलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसै गरी शनिबार पत्रकार ऐश्वर्या कुवँरले फेसबुकमा स्टाटस लेख्दै प्रहरीले आफुलाई पक्राउ गरेको जनाएकी छन् ।
दुवै जना पत्रकार विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए ।
प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक थापाले बताए । तर पत्रकार ऐश्वर्यालाई पक्राउ गरेको आधिकारीक कुरा भने बाहिर आइ नसकेको प्रहरी उपरिक्षक थापाले बताए ।