धनगढी, २५ माघ / सूचनाको हकका लागि सुदूरपश्चिम प्रथम प्रदेश महाधिवेशन हुने भएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले महाधिवेशन गर्न लागेको
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा शुक्रबार र शनिबार महाधिवेशन हुने भएको आयोजकले जनाएको छ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथी रहने सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्रवण देउवाले बताए ।
सुदूरपश्चिमका प्रदेशका सचिव तथा कार्यालयहरुका सूचना अधिकारी हरुसँग पनि छलफल गरिने उनले बताए ।