कैलाली, २५ माघ / कैलालीको लम्कीचुहा नगरपालिकाले दुई ओटा महाप्रस्थान यान खरिद गरेको छ । नगरपालिकाले बोलपत्र मार्फत ४१ लाख ९३ हजार ८ सयका दुई ओटा मिनी ट्रक खरिद गरी महाप्रस्थान यान ९शव वाहन० बनाएको हो ।
लम्कीचुहाका नागरिकलाई चिसापानी आर्यघाटसम्म शव बोक्नका लागि निः शुल्क सवारीको सुविधा दिन लागिएको बताइएको छ । तर, लम्कीचुहा बाहिरका नागरिकको हकमा सेवा दिने वा नदिने भन्ने विषयमा नगर सभामा छलफल भएको छैन ।
लम्कीचुहा नगरपालिका नगर सभाबाट महाप्रस्थान यान सञ्चालन कार्यविधिसमेत तयार गर्ने योजनामा रहेको छ ।