धनगढी, २२ माघ / कैलालीको गोदावरी नगरपालिका वडा न. १० मा रहेको चाक्ले खोलामा बाढी जिखिम न्यूनिकरण कार्यक्रम सम्पन्न भएको छ । करिब ४०० फिट लामो ग्याबिन जालीले तटबन्धन निर्माणका लागि USAID र गोदावरी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो ।
खोलानाला नियन्त्रणका लागि गोदावरी नगरपालिकाले अधिक रुपमा लगानी गर्दै आएको र गोदाबरी धाम क्षेत्रलाई बनिसकेको डिपिआरलाई पूर्णता दिनका लागि लागि परेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । पछिल्ला समयमा खोलानाला दोहनको बिषयलाई लिएर सामिजिक संन्जालमा गाईगुई सुनिनु तार्किक नभएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । आवश्येक अनुगमन गरी ईन्जियरको रेखाङ्कनको आधारमा आगमाी दिनमा अगाडी बढ्ने पालिकाले जनाएको छ।
पालिकाले ४/५ पटक टेण्डर खोल्दा पनि कोहीले पनि सहभागिता नजनाएकोले पालिका भित्रकै स्रोत साधन प्रयोग गरी काम अगाढी बढाएको छ । आगमाी दिनमा चाक्ले खोला जस्तै गोदावरी धाम, मछेली नदी लगायत ठाउँमा पक्की तटबन्धनको मार्ग तिर पालिकाका योजना रहेको समेत नगर प्रमुख भट्टले बताए ।
गोदावरी नगरपालिका मध्य पहाडको फेदमा रहेकोले खोला नालाको बहाबले यस पालिकालाई सुरक्षित पार्न तटबन्धन अति आबश्यक थियो, तेसै अनुरुप यस गोदावरी १० मा आगामी दिनमा पनि थुप्रै तटबन्धन गर्ने तिर हामी लागेको जानकारी गोदावरी नगरपालिका वडा न. १० का वडा अध्यक्ष रबिन्द शाही गुड्डुले बताए ।