लबदेव धामी
धनगढी, २१ माघ / कञ्चनपुरको पुनरवासमा सिमा विवादमा परी वीरगति प्राप्त गरेका शहिद गोबिन्द गौतमका बुवालाई आर्थिक सहयोग गरिएको छ । राष्ट्रियतावादी काँडेतार चलचित्रको धनगढीमा गरिएको च्यारेटि सो बाट उठेको रकम हस्तानतरण गरिएको हो ।
भारतसँग सिमा जोडिएको पुनरवास क्षेत्रमा झडप हुँदा भारतीय पक्षको गोली लागेर गोबिन्द गौतम शहिद भएका थिए । परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप रु ५० हजार रकम घरमै गएर हस्तानतरण गरिएको राष्ट्रवादी चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए ।
चलचित्र काँडेतारको कथाबस्तुले पनि आफ्नो भुमिको रक्षा गर्नु पर्ने र हामीले सिमा क्षेत्रमा काँडेतार बनेर उभिनु पर्ने हुन्छ भन्ने आशय दिएको छ । कञ्चनपुर पुनरवासका शहिद गोबिन्द गौतमले पनि आफ्नो सिमा सुरक्षा गर्ने क्रममा नै वीरगति प्राप्त गरेकाले देशका लागि ज्यूज्यान दिनेहरुको सम्मान र सम्झना स्वरुप सहयोग रकम हस्तारतण गरेको चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार खड्काले बताए ।
शहिद गोबिन्द गौतमले वि.सं २०७३ साल फाल्गुन २६ गते सिमा विवादको झडपका क्रममा वीरगति प्राप्त गरेका थिए ।