धनगढी, २० माघ/नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ लम्कीचुहाको नगर कार्यसमिति गठन भएको छ । मजदुरको संगठन चन्द्रप्रकाश आचार्यको अध्यक्षतमा लम्कीचुहाको नगर इकाई समिति समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष खगेन्द्र केसी, सचिव कमल ढुङ्खाना, सहसचिव तारा बिक र कोषाध्यक्ष अक्कल रावल चयन भएका छन् । सदस्यहरु कमल बिक, आनन्दराज शाही, प्रेमबहादुर आले, भक्तराज न्यौपाने, छवि न्यौपाने र जग्ग शाही चयन भएका छन् । शनिबार लम्कीमा भएको यातायात मुजदुरहरुको भेलाले उक्त समिति गठन गरिएको नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य नविन रावलले जानकारी दिए ।
नेपाल यातायात मजदुर संघ कैलालीका जिल्ला अध्यक्ष जंग श्रीमालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल यातायात मजदुर संघका पूर्व केन्द्रीय सदस्य तथा लम्कीचुहा वडा नम्बर ३का वडा अध्यक्ष लवबहादुर शाही प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बिशिष्ठ अतिथी नेपाल यातायात मजदुर संघकी केन्द्रीय उपाध्यक्ष शान्ति भट्ट रहेकी थिईन् भने मदजुर संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष केशवराज पन्त, केन्द्रीय सदस्य नविन रावल, मिन जोशीको अतिथी रहेका थिए । साबित्री कार्कीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन गणेशप्रशाद उपाध्यायले गरेका थिए ।