धनगढी २० माघ/छाडा पशु चौपायाको व्यवस्थापन गर्न माग राख्दै गाई गोरु धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा पठाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय महिलाहरुले छाडा पशुचौपाया बस्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान नदिएको भन्दै उपमहानगरपालिका पठाएका हुन् ।खेतको कृषि उपजमा क्षति पुर्याउँदा समेत उपमहानगरपालिकाले व्यवस्थापनमा ध्यान नदिएपछि उनीहरुले उपमहानगरमै राख्न माग गरेका थिए ।
सो क्रममा नगर प्रहरीले कर्मचारी नभएको भन्दै त्यता नराख्न भनेर फिर्ता पठाउन कोसिस गरेका थिए । तर, उनीहरु त्यही छोडेर हिडेका थिए । धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा थुप्रै खर्च भएको भएपनि शहरी क्षेत्रमा अझै पनि सडक र कृषकका खेतमा छाडा पशुचौपाया देखिने गरेका छन् ।