धनगढी, १९ माघ / कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा भागेश्वर चिनी मिल सञ्चालनमा आएपछि किसानहरु उखु खेति तिर आर्कषित भएका छन् । त्यहाँका स्थानीयका लागी आयस्रोतको माध्यम समेत बनेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नं २ मा रहेको उक्त मिलले स्थानियलाई आर्थिक विकासमा टेवा पुर्याइरहेको बताईएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा बढी तथा डुवानका कारण धान वाली उब्जनी कम हुने हुदा किसान अहिले उखु खेतीबाट लाभ लिन थालेपछि त्यता आकर्षित भएका हुन् । चिनीमिल सञ्चालन हुनु भन्दा अगाडी स्थानीयले उखुखेति कम गर्ने गरेका थिए । मिल सञ्चालनमा आयपछि त्यहाँका स्थानियहरुले सयौ विघामा व्यवसायिक तरिकाले उखु खेती गर्न थालेका छन् । उत्पादन गरेका उखुले बजार पाउन थालेको स्थानीयले बताएका छन् ।
किसानहरुका लागी उखु खेती नगदेबाली भएको स्थानिय जयराम तामाङले बताए । सबैतिर उखु खेति गर्दा गाउँनै सौन्दर्य देखिएको तामाङले बताए । ‘गहु, धान लगायत अन्य बाली डुवानले गर्दा आम्दानी कम हुन्थ्यो’ तमाङले भने–‘अहिले आफुले समेत २ विघाहा जमिनमा उखु खेती गरेको छु ।’ किसानले उत्पादन गरेका उखु गाउँबाट टाढा लगेर बिक्रि गर्न लाग्ने भाडा समेत बचत हुने गरेको अर्का स्थानीय किसान भीम बहादुर ऐडीले बताए ।
‘पहिला उखु महाकाली उखु मिलमा लगेर बेच्ने गथ्र्यै, टाढा थियो, समस्या हुन्थो, अहिले भागेश्वर मिलले आधुनिक कृषि औजार, बिउ बिजन दियो ’ उनले भने ‘१ विघाहाबाट उखु खेति सुरु गरेकोे अहिले २२ विघाहामा उखु खेति गरेको छु ।’ उखु खेतिबाट बार्षिक उनले २९ लाख आम्दानी गरेको बताए । धानबाली लगाउदा कुहिएर जाने गरेको तर उखु खेती गर्दा राम्रो आम्दानी भईरहेको पुनर्वासका किसान नरेस रानाले बताए । उनले भने ‘मिल सञ्चालमा नहुदाँ उखु बेच्न भारत जानुपथ्र्यो, अहिले गाउँमै मिल हुदाँ सहज भएको छ, उखु उत्पादन गर्न मेहनत पनि कम गर्नु पर्ने सजिलो छ ।’
चिनि मिलले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग गर्दै आएको भागेश्वर चिनि मिलका महाप्रबन्धक द्ववारीका पाण्डेयले बताएका छन् । पहिले कमी भएपनि अहिले कामले तिब्रता तथा किसानहरुका सबै उखु खरिद गर्न थालेपछि अहिले उखु किसानले उत्पादन बढाएका छन् । चार महिना लगातार चिनी मिलले २४औ घण्टा उखु क्रसिङ्ग गर्दै आएको महाप्रबन्धक पाण्डेयले जानकारी दिएका छन् । मिलको २५ लाख उखु क्रसिङ्ग गर्ने लक्ष्य लिएको छ । अहिले भागेश्वर चिनी मिलले कञ्चनपुर सहित कैलालीका केही स्थानमा किसानलाई उखु उत्पादनमा बिउ समेत बितरण गरिरहेको छ ।