धनगढी, १९ माघ/कञ्चनपुरमा श्रीमानले चलाएको हाइसको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० बर्सिया मञ्जु रावल कठायतको हाइसको ठक्करबाट मृत्यु भएको हो।
४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आँगनमा बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट मञ्जु घाइते भएकी थिइन्। उनीहरू दम्पती रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
तत्काल असावधानीका कारण श्रीमानले चलाएको गाडीले उनको मृत्यु भएको लेखिए पनि दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले जानकारी दिए ।