धनगढी १६ माघ/नेपाली कांग्रेसको मंगलबार एकै दिन र समयमा ‘समुदायमा कांग्रेस’ सुरु भएको छ । कैलालीमा पनि मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सहिद दिवसको अवसर समेत पारेर नैनादेवी मन्दिरदेखि विपी स्मृति भवनसम्म सरसफाई गर्दै अभियानको सुभारम्भ गरिएको छ ।
पार्टीको वडा नम्बर १ का पार्टी सभापति प्रकाशसिंह बिष्टको अध्यक्षता तथा नेपाली काँग्रेस कैलालीका पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टाको प्रमुख आतिथ्यतामा सरसफाई गरि अभियानको सुभारम्भ गरिएको हो ।