लवदेव धामी
धनगढी, १२ माघ / धनगढीमा पहिलो पटक कानुनी हाजिरजवाफ प्रतियागीता हुने भएको छ । माध्यामिक तह कक्षा ११ र १२ का कानुन विद्यार्थीको बौद्धिक क्षमता पहिचानका लागि बोल्न्या थलिको आयोजनामा र अमेरिकन कर्नर धनगढीको सहकार्यमा हाजिरीजवाफ प्रतियोगिता हुने भएको हो।
कानुन अध्यापन हुने विद्यालयबाट दुई समूह सहभागी हुन सक्ने आयोजकहरुले बताएका छन् । प्रतियोगीतामा सहभागीता हुनका लागि यहीँ माघ १७ गते भित्र नाम दर्ता गरिसक्नु पर्ने बताए।
समूह दर्ता निशुल्क गरिने भएको छ । समूह दर्ताका लागि दिइएको लिङ्कमा गइ वा सम्पर्क गरि दर्ता गर्न सकिने बताए ।
सम्पर्क नम्बर – 974-9751424 फाराम भर्न लिंक – https://form.jotform.com/240252287173454