धनगढी, ११ माघ / राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।
महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४सय ५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४सय१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३सय २८ मत पाएको निर्वाचन अधिकृत प्रेम भट्टले बताए।