धनगढी, १० माघ / कैलालीको एक सामुदायिक वनमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । बुधबार विहान करिव ३ः ३० बजे जिल्लाको घोडाघोडी नगरपालिका–१० स्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई घोडाघोडी अस्पताल पुर्याउँदा बुधबार बिहान डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । त्यस्तै, सोही वनमा करेन्ट लागेर मोहन्याल गाउँपालिका–३ की ३६ वर्षीया दुर्गा खत्री घाइते भएकी छिन् ।
उनलाई घोडाघोडी अस्पालबाट थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रवक्ता चन्दले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।