धनगढी, ९ माघ / धनगढीमा रहेको चैतन्य पाठशालाले चैतन्य स्टीम वर्कसप गर्ने भएको छ। विज्ञान र प्रविधिका क्षेत्रमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गरी वर्कसप गरिन लागेको चैतन्य पाठशालाका शिक्षक तथा यस कार्यक्रमका संयोजक बिन्दास बमले बताए ।
विद्यार्थीलाई बाल्यकाल देखिनै सम्बन्धित क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ माघ १६ गते देखि २२ गते सम्म स्ट्रीम वर्कसप गर्न लागेको कार्यक्रम संयोजक बमले बताए ।
चैतन्य पाठशालाका सञ्चालक गणेश प्रसाद जोशीले अहिलेको विश्वव्यापी रूपमा विकसित भइरहेको विज्ञान,प्रविधि ,गणितको लगायत अनुसन्धान र अन्वेषणका क्षेत्रमा योगदान दिन सक्ने वैज्ञानिकहरू उत्पादनका निमित्त चैतन्य स्ट्रीम वर्कसप गर्न लागेको बताए । जोशीले वर्कसपमा विभिन्न ११ वटा विधामा वर्कसप कक्षाहरू एक साता सम्म सञ्चालन गरिने जानकारी दिए । उनले रिमोर्टको नियन्त्रणबाट प्लेन उडाउने, लगायत विभिन्न परीक्षणहरू गरिने बताए ।
कार्यक्रममा प्रशिक्षणका लागि काठमाडौँ र हेटौडाबाट ६ जना युवा वैज्ञानिकको टाली आउने बताए वर्कसपमा चैतन्य पाठशाला बाहेक धनगढीका अन्य संस्थागत सामुदायिक सबै विद्यालयहरूले कक्षा ६ देखि ९ सम्म अध्ययनरत १० जना विद्यार्थीलाई निःशुल्क रूपमा सहभागी गराउन सक्ने जनाएको छ । वर्कसपमा विभिन्न विद्यालयका गरी २०० भन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए।
कार्यक्रममा करिव ५ लाख सम्मको लागत लाग्ने र सबै चैतन्य पाठशालाले नै बेहोर्ने आयोजकले बताए ।