• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीका उपमेयर र उपाध्यक्षलाई योजना अनुगमन गर्न सकस

कैलाली, ७ माघ / योजना अनुगमनमा जाँदा कमजोर काम भएकाले योजना पास हुँदैन भन्नु पर्छ, निर्माणकर्ता उल्टै धम्की दिन्छन्, यो भनाइ लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीको हो ।

अनुभव आदानप्रदान गर्ने क्रममा टीकापुरमा भेला भएका कैलाली जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको अनुभव उनको जस्तै रहेको छ । जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरिया पाँच वर्षदेखि योजना पूरा नभएको बताइन्। उनी भन्छिन्, ‘मैले थाहै नपाई कार्यालयले म्याद थपेको थप्यै गरेको छ, काम नसकिएपछि थप्नै पर्छ भन्छन् ।’

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद भने एक वडाबाट अर्को वडा जान समय लाग्ने गरेकाले काम सकियो भनेर खबर आएपछि एकपटक पुग्ने र सुझाव दिएर फर्किने गरेको बताए । उनले भने, ‘फोन नगरेरै गयो भने खाना खानै पाइन्न, विकट पालिका भएकाले दोहोर्‍यार जानै सकिन्न । योजना अनुगमन समितिको संयोजक ९उपप्रमुख उपाध्यक्ष० सँग प्राविधिक ज्ञान कम हुने, अनुगमनमा जाँदा छुट्टै प्राविधिक नहुने हुँदा अनुमानको भरमा भुक्तानी सिफारिस गर्नु परेको भनाइ उनीहरूको छ ।

वर्षको अन्तिममा काम हुँदा चाप बढ्ने, छिटो भुक्तानीका लागि दबाब दिने तर कार्यालयमा उपप्रमुख र उपाध्यक्षलाई भरोसा नमिल्ने उनको गुनासो छ । गोदावरी नगरपालिकाका उपप्रमुख शारदादेवी रोकाया सडक ग्राभेलबाहेक अरू योजना एकचोटि आँखाले हेरेर गुणस्तर जाँच्नै सकिँदैन भन्छन् । राम्रो काम भएन, फेरि राम्ररी गर्नू भनेर निर्देशन दिँदा, अब पनि फेरि काम गर्नू भन्ने रु उल्टै भुक्तानी ढिला भयो ब्याज दिनु पर्छ भनेर निर्माण व्यवसायीले हप्काउने गरेको उनले बताए।

टीकापुर नगरपालिकाले गत वर्ष समयमा काम नगर्ने निर्माण कम्पनी र संस्थालाई २९ लाख रुपियाँ जरिबाना गरेको छ । ठेकेदारलाई जरिबाना लगाएपछि कोही भोटको धम्की दिन आए भने कोही घरैमा आएर फाँसी लगाउँछु भन्ने धम्की पनि दिए टीकापुरका उपप्रमुख खडकबहादुर शाहले सुनाए ।

पाँच वर्षसम्म ठेक्का पूरा नहुने हो भने हाम्रो कार्यकाल त त्यसै खेर जाने भो उनले भनिन्, ‘हामीहरू नै तात्नुको विकल्प छैन् तर अनुगमन गर्नु र समयमै काम सिध्याउन लगाउनु चुनौतीपूर्ण छ ।’

करोडौँका आयोजना बन्ने पालिकामा अनुगमनका लागि छुट्टै प्राविधिकको व्यवस्था नहुँदा योजनाको गुणस्तर कायम हुन नसकेको भनाइ उनीहरूको छ । प्राविधिकले स्टिमेट गर्ने, प्राविधिकले ठिक छ भनेपछि अनुगमन समितिका संयोजकले मान्नुपर्ने अवस्था रहेको बताइएको छ ।

प्राविधिक कुरा थाहा नहुने, निर्माण व्यवसायी वा उपभोक्तासँग झगडा गर्नुपर्ने र असार मसान्तसम्ममा काम सकिँदा भुक्तानीको दबाबले ठुलै तनाव दिने गरेको पालिका उपप्रमुखरउपाध्यक्षको निष्कर्ष छ । उनीहरूले पालिकामा वरिष्ठ इन्जिनियरको नेतृत्वमा अनुगमन टोली गठन गरी योजनाको गुणस्तर कायम गर्नुपर्ने सुझाव दिए ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.