धनगढी, ५ माघ / धनगढी उपमहानगरपालिकामा हिजोदेखि शुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा धनगढीका जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । उपमहानगरपालिकाले नगर सभा र कार्यपालिका बैठक नबोलाएपछि जनप्रतिनिधिहरुले प्रतियोगिता बहिष्कार गरेका हुन् ।
बिहिबार भब्य समारोहको आयोजना गर्दै उपप्रमुख कन्दकला रानाले समुदघाटन गरेकी थिइन् । तर, प्रतियोगिताको समारोहमा नगर प्रमुख गोपाल हमालसमेत सहभागि थिएनन् ।
‘हामीले प्रतियोगिताको समारोह बहिष्कार गरेका होइनौं’ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले भने –‘नगर प्रमुखले कार्यपालिका बैठक र नगर सभा नबोलाएपछि नगरका कुनै पनि गतिविधिमा सहभागि हुँदैनौं ।’
उनले यथाशिघ्र नगर सभा र कार्यपालिका बैठक बोलाउनुपर्ने बताए