धनगढी, ४ माघ / गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच शिविर विहिवार मसुरिया स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया र मुस्कान डेन्टल होमको प्राविधिक सहयोगमा कानको १०३ तथा दातको १२० जना गरि निशुल्क जाँच शिविरमा २२३ जनाले उपचार पाएका छ्न् ।
शिविरको प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका नगर उप प्रमुख भोज बहादुर बमले उद्घाटन गरेका थिए। बमले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै महिलाहरुको ठूलो समस्याको रुपमा रहेको पाठेघर जाँचको लागि पहल गरि आगामी दिनमा निशुल्क जाँच शिविर संचालन गर्ने बताए ।
विशिष्ट अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ९ का अध्यक्ष राज कुमार थारुले निशुल्क कान तथा दात जाँच शिविरले राम्रो सेवा पाउने बताए ।
शिबिरमा दातको जाँच गराएका बिरामीको उपचारमा २५ प्रतिशत सहुलियतमा उपचार पाउने मुस्कान डेन्टल होमका डाक्टर रोशन भट्टले बताए ।
गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाका संयोजक हेमन्त राज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्वती बुढाऐरले बिचार राखेकी थिइन् ।