टीकापुर २९ पुस/टीकापुर नगरकार्यपालिकाले सिधै कर्मचारी भर्ना गरेर आफ्नै प्राबिधिक कर्मचारी व्यवस्थापन कार्य बिधिको धज्जी उडाएको छ ।टीकापुर नगर पालिकामा करार प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७५ को दाफा ४ मा प्राबिधिक कर्मचारी राख्दा उपनाउनु पर्ने बिधिका बारेमा उल्लेख छ ।
दफा ४ को उप दफा १ मा प्राबिधिक कर्मचारी राख्दा सेवा क्षेत्र तथा सम्बन्धित सेवा समूहको योग्यता, पारिश्रमिक सेवा सर्त समेत तोकि कम्तिमा १५ दिनको सूचना प्रकाशित गर्नु पर्ने कुरा उल्लेख छ । यस्तै सोही दफाको उप दफा ३ मा श्रेणी बिहिन बाहेककका कर्मचारीहरुको सट लिष्ट, लिखित, मौखिक वा प्रयोगात्मक कुनै बिधि प्रयोग गरि नियुक्ती गरिने उल्लेख छ । सोही उप दाफामा लिखित भएमा १०० पूर्णाङक हुने उल्लेख छ ।सोही उपदफामा विषयको प्रकृति अनुसार प्रयोगात्मक परिक्षा लिन आवश्यक भएको खण्डमा लिखित ७५ र प्रयोगात्मक ७५ गरि १०० पूर्णाङक हुने गरि परिक्षा लिनु पर्ने उल्लेख छ ।
यस्तै यस्तै अन्तरवार्ता मार्फत छनौट गर्नु पर्दा शैक्षिक यौग्यता बाफत ६० –विशिष्ठ श्रेणी ६०, प्रथम श्रेणी ५५, द्धितिय श्रेणी ५०, तृतिय श्रेणी बाफत ४५ ० अंक तोकिएको छ भने कार्य अनुभव बाफत १०, स्थानिय वासिन्दालाई १० अँक, सम्बीनधत जिल्लाको भएमा ७ अँक, सम्बन्धित प्रदेशको भएमा ५ अँक र सो बाहेकको भएमा ३ अँक दिनु पर्ने उल्लेख छ ।
कार्यबिधिमा अन्तरवार्तामा २० अँक मध्ये अँक प्रदान गर्दा कम्तीमा ८ र अधिकतम १४ अँक दिन सकिने कुरा उल्लेख छ ।
कार्यबधिको दफा ५ मा यसरी कर्मचारी छनौट गर्दा सुचिकरण समिति रहने र सो समितिमा प्रमुख प्रशासकिय अधिकृत संयोजक, नगर पालिकाको विषयगत शाखा प्रमुख सदस्य र प्रशासन शाखा प्रमुख सदस्य रहने कुरा उल्लेख छ ।
नगर पालिकाले श्रेणी बिहिन र प्राबिधिक बाहेकका कर्मचारी लोक सेवा आयोगबाट पदपुर्ति गर्नु पर्ने हुन्छ ।
नगर पालिकाको आन्तरिक स्रोत खुम्चिएर विकास निर्माणका योजनाहरु कार्यान्वयनमा समस्या पर्ने अवस्था आएका बेला आन्तरिक स्रोतबाट नै तलब खाने गरी भनेर पौष २१ गतेको कार्यपालिकाको बैठकले ६ ना द्धौथो तहका र एक जना पाँचौ तहका कर्मचारीहरुलाई नियुक्त गरेको थियो ।
पाचौं तहमा सहायक कम्प्युटर अप्रेटरमा नियुक्ती पाउनेमा पदम प्रसाद सापकोटा रहेका छन भने चौथो तहमा नियुक्त हुनेहरुमा सोहन चौधरी,रवि चौधरी, विनोद चौधरी,भिम बहादुर चौधरी, गरिमा चौधरी र सुमित बुढा रहका छन । सहायक चौथोमा नियुक्ती पाउनेमा ५ जना सहायक कम्प्युटर अप्रेटर छन भने १ जना सुमित बुढा असिस्टेन्ट सव इञ्जीनियर रहेका छन ।
कार्यपालिका सदस्यहरु नै असन्तुट, भन्छन “असहमति लेख्न पनि दिदैनन”
टीकापुर नगर पालिकाले कार्यपालिकाको सिधै निर्णय गरेर खल्तीका मान्छे कर्मचारीमा नियुक्त गरेपछि यसको व्यापक बिरोध भएको छ ।सो काममा कार्यपालिकाका सदस्यहरुले नै असन्तुष्टी पोखेका छन ।
नगरपालिकाले कर्मचारी राख्दा कार्यबिधि अनुसार मात्रै राख्नु पर्नेमा उनीहरुको जोड रहेको छ ।टीकापुर नगर कार्यपालिकाका सदस्य दिपक निसानीले कार्यपालिकाको बैठकमा गोलमोटल रुपमा सो प्रस्ताव आएको र आफुले प्रस्तावमा आपत्ति जनाएको बताउनु भयो ।
कार्यपालिकाका निर्णयहरु कम्प्युटरमा टाइप हुने हुदा आफुहरुले चित्त नबुझेको निर्णयमा असहमति राख्ने ठाउ समेत नदिइएको बताउनु भयो ।“ म यो कार्यबिधि बिपरित भएको निर्णयमा अहिले पनि असहमत छुँ”निसानीले भन्नु भयो ।
यस्तै कार्यपालिकाका सदस्य तथा टीकापुर नगर पालिका वार्ड नं-१ का वडाध्यक्ष मोहन बि।क।ले आफु सो दिन भुमिहिनलाई निस्सा बितरणमा व्यस्त भएकोले बैठकमा जान नसकेको तर कर्मचारी भर्नामा कार्यबिधिको उल्लंघन भएको बताउनु हुन्छ ।
यस्तै वार्ड नं-८ का वडाध्यक्ष दिर्घ ठकुल्लाले आफु काम विशेषले बाहिर रहेकाले निणर्यका बारेमा जानकारी नभएको बताउदै तर यसरी कायृबिधि मिचेर कर्मचारी राख्ने कुरामा आफ्नो स्पष्ट असहमति रहेको बताउनु भयो ।