धनगढी २३ पुस/राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ ।माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गतारअल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन ।
एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी को पदावधि आगामी फागुनमा सकिँदैछ ।