धनगढी, १९ पुस/अछामको चौरपाटी गाउँपालिकाले आज ९बिहिबार० शोक विदा दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको सम्झनामा शोक विदा दिन लागिएको हो ।
गाउँकार्यपालिकाको बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै उक्त निणर्य गरेको हो । पालिकाले वीरेन्द्रका परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने समेत निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए । मृतक वीरेन्द्रको परिवारलाई केन्द्रिय सरकारले १० लाख र प्रदेश सरकारले २ लाख राहत दिने निर्णय गरेको थियो ।