धनगढी, १४ पौष / दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीको बैठक विभिन्न निर्णय गर्दै धनगढीमा सम्पन्न भएको छ । विद्यार्थीका समसामयिक समस्या र मञ्चले आगामी दिनमा गर्ने कामबारे मुख्यतः छलफल गरिएको मञ्चका अध्यक्ष चन्द्र देव बिष्टले बताए।
धनगढीमा रहेको पशुपति शिक्षा मन्दिर ईंग्लिश मिडियम स्कुलको प्राङ्गणमा दिउँसो २ बजे बाट बैठक बसेको र करिब ५ बजे बैठक सम्पन्न भएको थियो । बैठकमा दार्चुला घर भइ हाल कैलालीमा बस्दै आएका बिद्यार्थी सहभागी भएका थिए । बिद्यार्थीहरु संगको यो बसाई लामो समय पछि भएको र बिद्यार्थीहरुको उपस्थिति एकदमै राम्रो रहेको दार्चुला बिद्यार्थी सम्पर्क मञ्च कैलालीका सचिव प्रकाश खत्रीले बताए।
दार्चुला सम्पर्क मञ्चका अध्यक्ष बिष्टका अनुसार अनुसार सम्पर्क मञ्च पर्ति बिद्यार्थीको चासो बढ्दै गएको र यसलाई थप अगाडि बढाउन सम्पुर्ण बिद्यार्थी तथा दार्चुला र कैलालीमा रहेका अभिभावकहरुको पनि थप सहयोग आवस्यक पर्ने कुरा सुनाएका छन । साथै दार्चुला बाट विभिन्न किसिमका चोटपटक लागि उपचारको लागि धनगढी आउने नागरिकलाई रगतको आवस्यकता परेमा तथा अन्य सहयोग चाहिए पनि सम्पर्क गर्न अध्यक्ष बिष्टले अनुरोध समेत गर्नु भएको छ ।