गजल
सँधै हेर्दा आन्नद दिने मोबाइल आज हेर्दा रुनु पर्यो ,
पति बियोगमा परेकी आमा फेरि आँसुले मुख धुनु पर्यो ।
आफ्नै गाउँका अंकलको अपत्यारिलो घटना देखेपछि,
विकल्प भेटाइन के गर्ने दुई हातले टाउको छुनु पर्यो ।
सम्झिदा मन भक्कानीएर आउँछ कारण बताइन मैले,
अछामका बिरेन्द्र दैलेखका सुजन एकैपल विलीन हुनु पर्यो ।
विहानीले दिउसोलाई जनाउछँ भन्थे साच्चै हो रहेछ,
विस्तरामै दुखद खबर सुनेपछि दिनभर शोकमा डुब्नु पर्यो ।
अन्यायलाई न्याय बेरोजगारलाई रोजगार त दिन सकेन,
देशै छोडि जाँदा पनि शान्ति नदिनेलाई अब तह लगाउनु पर्यो ।
बुबा गुमाई आमा र आफ्नो सपना बोकि हिडेका युवाको,
के दोष थियो र गोली हान्यो पापीले छिट्टै छानबिन गराउनु पर्यो ।
✍️ मिना बुढा