बाजुरा १३ पुस/सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश देउवाले निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।उनले प्रदेश गौरवका पुराना आयोजनाहरु समयमै सम्पन्न गर्ने गरी सरकार लागेको बताए ।
शुक्रबार त्रिवेणी नगरपालिका–८ र ४ मा पर्ने मालागाड र बडीमालिका नगरपालिका २ भौनेरा खोलामा मोटरेवल पुल निर्माणको शिलान्यास कार्यक्रममा मन्त्री देउवाले प्रदेशका जिल्लामा विकास निर्माणमा सरकार चिन्तित बनेको बताएका छन् ।
शिलान्यास कार्यक्रममा मन्त्री देउवाले प्रदेश सरकारका पुराना आयोजना समयमै पुरा नभएको जनगुनासो आएकाले प्रदेश सरकारले यो वर्षबाट निती तथा कार्यक्रम र बजेटमा पुनरावलोकन गर्ने गरी तोकिएको समयमा आयोजनाहरु सम्पन्न गर्ने गरी सरकार लागि रहेको बताए ।उहाँले हरेक जिल्लामा पुर्वाधारको कमी,खानेपानी शिक्षा लगायतको कमी भएकाले ति समस्या समाधान गर्न सरकार कटिबद्ध भएर लागेको जिकिर गरेका छन् ।“शहरका सुविधा यहाँ नभएपनि केही भइरहेको र केही भइरहेका छन् मन्त्री देउवाले भने ।”उनले मन्त्रालयका तर्फबाट हुने काममा तत्पर रहेको र समयमै काम सम्पन्न हुने विश्वास मन्त्री देउवाले लिएका छन् ।
पुर्वाधार विकासका कमी भएकाले शहरमा पाउने सुविधा दुर्गम जिल्लामा कम भएकाले यसलाई प्रदेश सरकारले सुविधा गर्दै जानेमा प्रतिवद्धता जनाएका छन् ।मन्त्री देउवाले तोकिएकै समयमा निर्माणका कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकार लागेको दाबी गरे ।भौतिक पुर्वाधार मन्त्रालयले उक्त खोलामा दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी एम के विल्डर्स कन्ट्रक्सनसंग सम्झौता गरेको छ ।मन्त्रालयले कन्ट्रक्सनसंग मालागाड खोलाको पुलका लागि ९ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिएका छन् ।
बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अछाम जिल्लाका मानबहादुर रावल,प्रदेश सभा सदस्य मेघराज खड्का लगायत अतिथी रहेका थिए । वडा नम्बर २ का वडाध्यक्ष डम्बर महतले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन भौतिक पुर्वाधार विकास कार्यालय अछामका नायव सुव्वा यज्ञराज भट्टले गरेका थिए ।