बैतडी , १३ पौष / नेपाल–भारत सीमानाकाबाट विभिन्न किसिमका सङ्क्रामक रोग भित्रिन नदिन रोग नियन्त्रण महाशाखाको टोली झुलाघाट पुगेर हेल्थ डेस्कको निरीक्षण गरेको छ । महाशाखाका डाक्टर हेमन्त ओझासहितको टोलीले झुलाघाटमा रहेको हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरण समेत गरेको छ ।
कोरोना सङ्क्रमणका बेला भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भएको थियो । सो डेस्कले अहिले पनि भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले भारतमा ‘मङ्किपक्स’ लगायत कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको समाचार आएकाले सङ्क्रमण भित्रिन नदिन अनुगमन तथा अभिमुखीकरण गरिएको बताए ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भन्सार कार्यालयका कर्मचारी, गैरसरकारी संस्थाका पदाधिकारी, स्थानीय व्यापारी र नागरिक समाजका अगुवाको सहभागिता थियो ।
झुलाघाट सीमानाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म आवतजावत हुने गरेको छ । हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला सहमत भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भन्सार कार्यालयका कर्मचारी, गैरसरकारी संस्थाका पदाधिकारी, स्थानीय व्यापारी र नागरिक समाजका अगुवाको सहभागिता थियो । झुलाघाट सीमानाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म आवतजावत हुने गरेको छ । हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला सहमत भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।
किसिमका सङ्क्रामक रोग भित्रिन नदिन रोग नियन्त्रण महाशाखाको टोली झुलाघाट पुगेर हेल्थ डेस्कको निरीक्षण गरेको छ । महाशाखाका डाक्टर हेमन्त ओझासहितको टोलीले झुलाघाटमा रहेको हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरणसमेत गरेको छ । बिज्ञापनकोरोना सङ्क्रमणका बेला भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भएको थियो । सो डेस्कले अहिले पनि भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गर्दै आएको छ । स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले भारतमा ‘मङ्किपक्स’ लगायत कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको समाचार आएकाले सङ्क्रमण भित्रिन नदिन अनुगमन तथा अभिमुखीकरण गरिएको बताए ।