धनगढी १२ पुस/सुदूरपश्चिम प्रदेस सरकारका भौतिक मन्त्री प्रकाश देउवाले चार पहाडी जिल्लाको विकास आयोजनाको अनुगमन थालेका छन्। मन्त्री देउवाले डडेल्धुरा , डोटी , अछाम र बाजुरा जिल्लामा भईरहेका भौतिक पूर्वाधार बिकासका योजनाको अनुगमन थालेका हुन् ।
यसै क्रममा मन्त्री देउवाले बिहिबार डडेल्धुरा बहुमुखी क्याम्पस नवनिर्मित भवनको उद्घाटन गरे । यस्तै मन्त्री देउवाले डडेल्धुराको बागबजारमा रहेका कैलपाल मेडिकल स्टोर, शुभलभ फेसन लुक,माया लेडिज कलेक्शन र शिशिर फेन्सी स्टोरमा आगो लागेर भएको क्षतिको निरक्षण गरेका छन् । मन्त्री देउवालाई शिखर नगरपालिका डोटी स्वागत गरिएको छ ।
शिखर १ डोटीको केदारेश्वर माध्यामिक बिधालय नवनिर्मित भवनको उद्घाटन लगायतका काक्रममा सहभागिता रहेको भ्रमण टोलीमा सहभागि नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले बताए ।
यस्तै मन्त्रालयको सचिवालयले एक सूचना जारी गर्दै मन्त्री देउवाको भ्रमण तथा अनुगमन कार्यतालिका समेत सर्वजनिक गरेको हो । चार जिल्लाको चारदिनको भ्रमणमा क्रममा मन्त्री देउवाले विभिन्न पुलको शिलान्यास ,निर्माण सम्पन्न भएका भवनको उद्घाटन , जिल्लामा गर्नुपर्ने विकास पूर्वाधारका विषयमा सरोकारवालाहरुसंग छलफल र योजना अनुगमनको योजना रहेको सचिवालयले जनाएको छ । योजना अनुगमन तथा शिलान्यासको कार्यक्रम चार जिल्लामा पुस १२ गते देखि १५ गते सम्म निरन्तर रहने छ ।