लबदेव धामी
धनगढी, १२ पौष / धनगढी क्रिकेट एकेडेमीको आयोजनामा क्रिकेट प्रतियोगिता हुन गइरहेको छ। विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी रहेका विद्यार्थीले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने गरी आयोजना गरिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै बताए।
पुस १४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता पुस २१ गते सम्म रहने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने धनगढी क्रिकेट एकेडेमीका निर्देशक समुयल न्यौपानेले बताए।
साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र ४ महिनाको छात्रवृत्ति पाउने छन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट बलरले नगद १ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र २ महिनाको छात्रवृत्ति पाउने छन् भने उदयमान खेलाडीले क्रिकेट एकेडेमीमा निशुल्क भर्ना एवं ट्रफि, मेडल र प्रमाणपत्र पाउने धनगढी क्रिकेट एकेडेमीका निर्देशक न्यौपानेले बताए।
क्रिकेट प्रतियोगिता धनगढी स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्रिकेट मैदानमा हुन गैरहेको आयोजकले बताए।