दार्चुला १२ पुस/घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुको ज्यान गएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडका रणविर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाको २ तले घरमा आगलागी भएको दार्चुलाका प्रहरी निरीक्षक ९ इन्स्पेक्टर ० गोविन्द भण्डारीले जानकारी दिएका छन । अहिले आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेका प्रहरीले जनाएको छ ।