लवदेब धामी
धनगढी,११ पौष / अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव पौष २६ गते देखि माघ ७ गते सम्म सञ्चालन हुने भएको छ। सुदूरपश्चिमको कला, संस्कृत , भाषा , र स्थानीय उत्पादनको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिदै आएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिंह बोहराले बताए।
यस महोत्सवमा करिव ८० लाखको हाराहारिमा लागत लाग्ने अनुमान गरिएको छ। महोत्सवमा १५० सम्म स्टल रहने र टिकटमा विद्यार्थीलाई रु ५० र अन्यका लागि रु १०० रहेको उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले बताए।
यस वर्ष ८ औं संस्करणको लागि तयारी थालिएको हो । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको अभिनय रहने र करिब २ लाख दर्शकले अवलोक गर्ने अनुमान गरिएको आयोजकले बताएका छन् ।