लवदेव धामी
धनगढी,९ पौष / विश्व हिन्दु परिषद् नेपालको शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकाका १ मा रहेको पतञ्जली योग केन्द्र सुदूपश्मिाञ्चल साहित्य समाजको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको विश्व हिन्दु परिषद् नेपालका धनगढी नगर अध्यक्ष ई. महेन्द्र राज पन्तले बताए।

स्वःधर्म संस्कृति संरक्षणका लागि शुभचिन्तक सम्मेलन आयोजना गरिएको विश्व हिन्दु परिषद् नेपालका धनगढी नगर अध्यक्ष पन्तले बताए।
विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा करिव २ सयको हाराहारीमा उपस्थिति रहेको थियो । सम्मेलनमा हिन्दु धर्मकोबारेमा र हिन्दुधर्म संरक्षण कसरी गर्ने जस्ता विषयमा व्यापक जानकारी गराएको विश्व हिन्दु परिषद् नेपाल धनगढीकी नगर उपाध्यक्ष सरस्वती भट्टले बताइन्।