जोरायल ४ पुस/डोटी जिल्लाकै पुरानो शैक्षिक धरोहर घण्टेस्वर माबिले भुतपुर्व बिधार्थीहरूको पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ । २०१२ साल देखि हाल सम्म सो बिधालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा सकृय रहेका बिधार्थिहरू सो पुनर्मिलन कार्यक्रममा सहभागी हुने प्रधानाध्यापक लाल ब कुवर ले जानकारि दिएका छन् ।
पुनर्मिलन कार्यक्रम आसन्न माघ महिनाको २७ गते आयोजना गर्ने बताईएको छ। सो कार्यक्रम सम्पन्न गर्नका लागि विधालय व्यवस्थापन समितिका सदस्य एवम् भुतपुर्व विधार्थि जितेन्द्र बोहराको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको छ । तयारी समितिका संयोजक जितेन्द्र बोहराले सो भूतपूर्व विधार्थिहरूको भेलाले जोरायल क्षेत्रको शैक्षिक एवम् सामाजिक विकासका लागि आवश्यक सुझाव सल्लाह संकलन गर्नुका लागि विकासको पुर्वाधार निर्माणका लागि हातेमालो गर्न वातावरण तयार गर्ने बताए ।
जोरायल क्षेत्र लाई शैक्षिक हबको रुपमा स्थापित गर्ने योजना भएकाले विधालयले उत्पादन गरि देशका विभिन्न कुनाकन्दरामा गई सेवा गरिरहेका व्यक्तिहरूलाई एकै ठाउँमा भेला हुनु आफैमा एेतिहासिक रहने संयोजक बोहराले बताए । सो कार्यक्रममा विध्यालयमा अध्यापन गरेर देशको महत्वपूर्ण क्षेत्रमा योगदान पुगायका ब्यक्तित्वहरुलाइ सम्मान गर्ने कारर्यक्रमसमेत रहेकोे छ ।
उक्त कार्यक्रम आयोजना हुने भएपछि जनप्रतिनिधि समेत उत्साहित भएका छन् । विधालयमा पढीरहेका विधार्थिहरूलाई समेत भुतपुर्व विधार्थिहरूको भेलाले नयाँ प्रेरणा मिल्नेछ वडाध्यक्ष नन्दराज भट्टले जोरायल को शैक्षिक क्षेत्रमामा सृजनात्मक काम गर्न तथा आफुले अध्यन गरेको विधालयको विकासका लागि उत्प्रेरित गर्न महत्वोपुर्ण बाताबरण सृजना गर्नेछ ।
विभिन्न क्षेत्रमा कार्य तथा भुमिकामा रहेका ब्यक्तिहरुलाइ सम्पर्क को लागि आउदो बैठक मा कार्यविभाजन गरि उक्त कार्य सप्पन्न गर्ने पनि जनाएका छन ।
बीस २०१२ सालबाट औपचारिक रुपमा अध्यापन गराउदै आएको यश विध्यालयले २०२६ साल देखि प्रबेशिका मा सहभागी भएका थिए । हाल घण्टेस्वर सेती महाकाली बहुउद्देश्यीय क्याम्पस र यसौ विध्यालयमा कृषि अन्तरगत बाली बिज्ञान प्राबिधिक धार पनि संचालनमा रहेको छ ।