धनगढी २८ मंसिर/कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।