धनगढी,१२ मंसिर/ कैलाली प्रहरीले हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदका नाममा अजुरी दिन भनेको छ । अनुसन्धानमा आवश्यक सहयोग पु¥याइदिन भन्दै प्रहरीले शेख अहमदबाट अरु पनि पीडित भए जाहेरीरउजुरी दिन भनेको हो । अहमदलाई प्रहरीले यही मंसिर १० गते आइतबार धनगढी–७ का ५२ वर्षीय भोजराज विश्वकर्मालाई सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको जाहेरी परेपछि पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ । अहमदबाट अन्य व्यक्तिहरु पनि विभिन्न किसिमले पीडित रहेको जानकारी आएको हुँदा उनको नाममा कुनै जाहेरी÷उजुरी भए सम्पर्क गर्न भनिएको छ ।